 |
Nepali People in abroad.
3:54 AM on Dec. 29, 2009
सानो मुलुक भए पनि नेपालमा जन्मिएका नागरिक विश्वभर पुगेका छन् । विश्वका धेरैजसो मुलुकमा नेपाली पुगेका भएपनि गैरआवासीय नेपाली संघको औपचारिक तथ्यांकअनुसार विश्वका ५५ मुलुकमा नेपाली संघले संगठन विस्तार गरेको छ ।सरकारले भारतलगायत सार्क क्षेत्रमा गएका नेपालीलाई एनआरएनको मान्यता नदिने बताएकाले एनआरएन विश्व संघले पनि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानमा रहेका नेपालीको तथ्यांक संकलन गरेको छैन । भारतमा मात्रै लगभग २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।वैदेशिक रोजगारीको बढ्दो चापका कारण खाडी क्षेत्रमा नेपालीको उपस्थिति अत्यधिक छ । खाडीपछि युरोप र अमेरिकाजस्ता पश्चिमी मुलुकमा नेपालीको बलियो उपस्थिति छ । 'वैदेशिक रोजगारीका लागि दैनिक ६ सय नेपाली बाहिरिइरहेका कारण पनि खाडी क्षेत्रमा संख्या बढ्दो छ,' संघका प्रवक्ता डा. जुगल भुर्तेलले भने, 'त्यससँगै पढाइ र अन्य कारणले बिदेसिनेको संख्या पनि बढिरहेकाले पश्चिममा पनि नेपाली थपिने क्रम जारी छ ।'संघले सेप्टेम्बर २००७ मा प्रकाशित गरेको तथ्यांकअनुसार सार्क मुलुकबाहेक मुलुकबाहिर १९ लाख ४५ हजार नेपालीको बसोबास छ । यो संख्या अहिले २५ लाख पुगिसकेको प्रवक्ता भुर्तेल बताउँछन् । 'म्यानमारमा नेपालीको संख्या केही घटेको छ,' उनले भने, 'तर खाडी तथा दक्षिण कोरिया, मलेसियालगायतका मुलुकमा उच्च दरले बढिरहेको छ ।' सैनिक शासन रहेको म्यानमारमा प्रजातान्त्रिक आन्दोलनका कारण बेलाबेला भड्किरहने दंगाका कारण नेपालीको संख्यामा कमी आएको हो ।कुन देशमा कति नेपालीदेश = संख्याअस्ट्रेलिया २२,०००अस्टि्रया ९००बहराइन ३०,०००बेलारुस १००बेल्जियम ४,०००बु्रनाई १०,०००ब्राजिल १००म्यानमार २,५०,०००क्यानाडा १५,०००चीन ४,०००हङकङ ३५,०००मकाउ ५,०००साइप्रस १,५००डेनमार्क १००फिजी आइसल्यान्ड १०,०००फिनल्यान्ड २००फ्रान्स २,५००जर्मनी ५,०००इटाली १,०००इन्डोनेसिया २००इराक २०,०००आयरल्यान्ड १,२००इजरायल १२,०००जापान ८,०००जोर्डन ५००कुवेत ४०,०००ल्याटिन अमेरिका १,०००लेबनान १२,०००लिसेथो २०लक्जेम्बर्ग १,०००मलेसिया ४,००,०००नेदरल्यान्ड ९००न्युजिल्यान्ड ७००नाइजेरिया २५नर्वे २००ओमान १५,०००फिलिपिन्स १,०००पोल्यान्ड २००पोर्चुगल २,२५०कतार २,००,०००रसिया १,०००साउदी अरेबिया ४,००,०००सिंगापुर ६,०००स्लोभेनिया २०स्पेन २,५००दक्षिण अपिका १५०दक्षिणकोरिया ६,०००स्विट्जरल्यान्ड ८००स्विडेन ५००थाइल्यान्ड १,००,०००युक्रेन ४०युएई १,२५,०००बेलायत ५०,०००अमेरिका १,३५,०००यमन ५,०००Total 17,03,605 person
|