डान्स रेष्टुराँमा ठगिनेलाई खबर
9:47 PM on Jun. 4, 2008

alt

पर्यटकीय गन्तव्यको रुपमा चर्चित ठमेल क्षेत्रमा पछिल्लो समय केही अपराधिक मनोबृत्तिका घटनामा बृद्धि भएको र त्यसबाट रात्रि मनोरञ्जनको व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित भएको कुरालाई दृष्टिगत गर्दै सो क्षेत्रमा सञ्चालित डान्स रेस्टुरेन्ट एन्ड बार व्यवसायीहरुको बैठक जेठ २० गते सोमबारका दिन ठमेलमा सम्पन्न भएकाे छ ।

ठमेल-दरबारमार्ग क्षेत्रका ६० वटा डान्स रेस्टुरेन्ट एण्ड बार व्यवसायीको उपस्थितिबीच सम्पन्न उक्त बैठकको अध्यक्षता नेपाल डान्स रेस्टुरेन्ट एन्ड बार व्यवसायी संघका अध्यक्ष समिर गुरुङले गर्नुभएको थियो ।

बैठकले विभिन्न डान्स रेस्टुरेन्टहरुमा गएका ग्राहकहरुलाई उनीहरुले अर्डर गरेभन्दा निक्कै बढी बिल बनाउने तथा रकम दिन आनाकानी गरेमा कुटपिट गर्ने कार्यमा संलग्न डान्स रेस्टुरेन्टका सञ्चालक तथा मुख्य मुख्य स्टाफहरुलाई व्यवसायीहरुकै पहलमा कारवाही गरिने छ । त्यसबमोजित पहिलोपटक त्यस्तो कार्य गर्ने डान्स रेस्टुरेन्ट व्यवसायी र मुख्य मुख्य स्टाफलाई पक्राउ गरी प्रहरीमा बुझाउने र र्सार्वजनिक अपराध ऐनअनुसार पूरै सजायका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीमा व्यवसायीहरुले नै पहल गर्ने कुरामा निर्णय गरेको छ ।

दोस्रो पटक पुनः त्यस्तै कार्य दोहोरिएमा प्रचलित कानुनअनुसार रेस्टुरेन्ट बन्द गराउनका लागि व्यवसायीहरुले पहल गर्ने, पुनः तेस्रोपटक त्यस्तो कार्य भएमा त्यस्ता डान्स रेस्टुरेन्ट व्यवसायीलाई यस व्यवसायबाट निरुत्साहित गराइने जारी विज्ञप्तिमा जनाइएको छ ।

एक डान्स रेस्टुरेन्टमा पेश्की रकम लिएर अन्य रेस्टुरेन्टमा काम गर्न जाने स्टाफहरुको हकमा कडाइका साथ करारनामा प्रथा लागू गर्ने र बैठकमा ठेक्कामा डान्स रेस्टुरेन्ट सञ्चालन गर्न दिँदा भारी मात्रामा विकृति आएको, त्यसबाट सामाजिक सुरक्षामा पनि प्रश्न खडा भएको कारण असार १ गते बस्ने बैठकले त्यस विषयमा ठोस निर्णय गर्नेबारे पनि छलफल भएको छ ।

यस्तो अवस्थामा अब तपाइँ मनोरञ्जनका लागि विभिन्न डान्स रेष्टुराँ छिर्नु भएको छ भने आउँदो असार १ गतेदेखि नठगिने प्रबल सम्भावना रहेको छ ।


    Back to sharley's Blog     Report Inappropriate Content

Comments (0)